बिल गेट्सको ट्वीटर अकाउन्ट ह्याक, एक हजार डलर माग : दोब्बर रकम फिर्ता गर्ने प्रस्ताव

बिल गेट्सको ट्वीटर अकाउन्ट ह्याक, एक हजार डलर माग : दोब्बर रकम फिर्ता गर्ने प्रस्ताव


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ साउन २०७७
  • 5.6K
    Shares

बिल गेट्स

बिल गेट्सलगायत विश्वकै धनाढ्य व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक भएको छ । अरबपति व्यापारी बिल गेट्स, एलन् मस्क, जेफ बेजोसलगायतको ट्वीटर अकाउन्ट बिटक्वाइनको नामबाट ह्याक भएको छ । ह्याक गरिएका अकाउन्टहरुमा रकम माग गर्दै, त्यसको दोब्बर पैसा फिर्ता दिने उल्लेख छ ।

बिल गेट्सको अकाउन्टमा लेखिएको छ, ‘जसले पनि मलाई समाजमा फर्काउने कुरा गरिरहन्छ । अब त्यो समय आइसकेको छ । तपाईं मलाई एक हजार डलर पठाउनुस्, म तपाईंलाई दुई हजार डलर दिन्छु ।’

टेस्लाका प्रमुख एलन मस्कको अकाउन्ट पनि पोष्ट गरिएको ट्वीटमा आगामी एक घण्टासम्म बिटक्वाइनमा पठाइएको पैसा दोब्बर फिर्ता दिइने उल्लेख छ । बिटक्वाइनको ठेगानाको लिंकसँगै गरिएको ट्वीटमा लेखिएको छ, ‘म कोरोना महामारीका कारण दान गर्दैछु ।’

यसअघि पनि अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा, डेमोक्रेटिक पार्टीका राष्ट्रिपति उम्मेदवार जो बाइडेन, विश्वका ठूला कम्पनीहरु उबर र एप्पलको अकाउन्ट पनि ह्याक गरिएको थियो ।

ट्वीटरले यस घटनाको जाँच गरिरहेको र छिट्टै विस्तृत रुपमा जानकारी दिने जनाएको छ । एजेन्सी

प्रतिक्रिया