बहिनी नाता पर्ने एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कालीकोटबाट एक वडाध्यक्षलाई पक्राउ गरेको छ।
हाल जिल्ला प्रहरी कार्यालय कालीकोटको हिरासतमा रहेका अभियुक्त कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ६ का वडाध्यक्ष जगदीश शाही रहेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ कालिकोटको सदरमुकाम मान्म बजारबाट प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको डिएस्पी श्यामबाबु ओलीयाले जानकारी दिए । २०७४ सालको स्थानीय निर्वाचनदेखि निरन्तर बालिकालाई ब’लात्कार गर्दै आएका वडा अध्यक्षले आफ्नो घरमा बोलाएर ढोका बन्द गरी जबरजस्ती गर्न खोजेपछि बालिकाले बाध्य भएर आफ्ना साथीसँग भनेकी थिइन् ।
वडाध्यक्ष शाहीले ती किशोरीलाई तीन वर्षदेखि ललाइ-फकाइ गरी करणी गरेको बालिकाका आफन्तले बताएका छन् । मंगलबार बालिकाका साथीहरूसहित आफन्तले जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको उजुरी दर्ता गराएपछि शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।