क्रिसमस विदाबारे क्याविनेटमा प्रश्न, पृथ्वी जयन्तीमा पनि विदा दिन माग

क्रिसमस विदाबारे क्याविनेटमा प्रश्न, पृथ्वी जयन्तीमा पनि विदा दिन माग


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ पुष २०७३
  • 5.7K
    Shares

प्रचण्ड क्याबिनेट

क्रिसमस पर्वको अवसरमा दिइएको सार्वजनिक विदालाई लिएर मन्त्रिपरिषद् बैठकमा प्रश्न उठेको छ । साथै पृथ्वी जयन्तीमा विदा दिन माग भएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले डेलिगेशन आएकै भरमा विदा दिएको भन्दै असन्तुष्टि जनाएका हुन् । यसले राज्य कति कमजोर रहेछ भन्ने उजागर गरेको उनले बताए ।

यो वर्ष क्रिसमसमा इशाई धर्मावलम्बीलाई मात्र विदा दिने निर्णय थियो । तर, गृहमन्त्री विमलेन्द्र निधिले अघिल्लो दिन साँझ अबेर मात्र मन्त्रीस्तरीय निर्णयबाट सार्वजनिक विदा दिने घोषणा गरे ।

लगत्तै ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले भने सार्वजनिक विदा धेरै भएको भन्दै पुनरावलोकन गर्नुपर्ने बताए ।

बैठकमा मुख्य सचिव सोमलाल सुवेदीले गत वर्ष पनि पृथ्वी जयन्तीमा विदा दिने कुरा उठे पनि अन्तिममा निर्णय नभएको र विदा पुनरावलोकनको कुरा उठेको सुनाए ।

शहरी विकासमन्त्री अर्जुनरसिंह केसीले भने पुस २७ मा पृथ्वी जयन्तीको अवसरमा विदा दिन माग गरे । उनले नेपाल एकीकरण गर्ने पृथ्वीनारायणलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले यसप्रति आफू सकारात्मक रहेको बताए । आफूहरुले पनि कविला राज्यहरुलाई एकीकरण गरेकोलाई ऐतिहासिक नै मानेको भन्दै उनले सार्वजनिक विदा दिन आफू सकारात्मक भएको बताएको एक मन्त्रीले जानकारी दिए । तर, यो विषय राजनीतिक पनि भएको भन्दै उनले यसबारे छलफलका लागि समय माग गरेका छन् ।

प्रतिक्रिया