चितवनकी बालिकाको अश्‍लिल भिडियो बनाएर पोर्नसाइटमा अपलोड गर्ने युवक पक्राउ

चितवनकी बालिकाको अश्‍लिल भिडियो बनाएर पोर्नसाइटमा अपलोड गर्ने युवक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० असार २०७७
  • 4.6K
    Shares

पोर्न साइट बनाएर बालिकाको अश्लिल भिडियो अपलोड गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ परेका युवक काठमाण्डौको गोंगबु  बस्ने वर्ष २३ का सुरज श्रेष्ठ रहेका छन्।  उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।

उनले चितवनकी एक १७ वर्षीया किशोरीको अश्लिल भिडियो बनाएर आफ्नो पोर्न साइटमा राखेको प्राप्त समाचारमा जनाइएको छ।  सुरज श्रेष्ठलाई अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको आरोप लागेको छ ।

बालिकाको भिडियो पोर्न साइटमा अपलोड गरिए पछि पीडितको तर्फबाट साइबर ब्युरोमा उजूरी परेको र सोही उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको दाबी छ।

उनलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ । प्रहरीले श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद-९ मा उल्लखित कसुरमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएकोप्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार