सुनौलो अक्षरमा लेखिएको बौद्ध धर्मग्रन्थ पांच करोडमा बेच्न खोज्ने छजना पक्राउ

सुनौलो अक्षरमा लेखिएको बौद्ध धर्मग्रन्थ पांच करोडमा बेच्न खोज्ने छजना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ असार २०७७
  • 4.1K
    Shares

सुनौलो अक्षरमा लेखिएको बौद्ध धर्मग्रन्थ पांच करोडमा बेच्न खोज्ने छजना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा खोटाङका गेहेन्द्रसिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, काठमाडौंका राजेन्द्रबहादुर जोशी र नुवाकोटका रोशन तामाङ रहेको प्रहरीले जनाएको छ।

चन्द्रागिरी नगरपालिकास्थित ढुंगेअड्डामा बुद्ध धर्मग्रन्थको बिक्री हुँदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई हाल महानगरीय प्रहरी वृत्त थानकोटमा राखिएको छ।  साथै प्रहरी टोलीले सुनौलो अक्षरले लेखिएको बुद्ध धर्म ग्रन्थको १६ पाना बरामद गरेको जनाइएको छ । ।उनीहरुले सुनौलो अक्षरले लेखिएको बुद्ध धर्म ग्रन्थको ती १६ पाना ५ करोड रुपैयाँमा बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार