सामाजिक सन्जालमा राष्ट्रपति र प्रधानमन्त्रीमाथि अश्लिल टिप्पणी गरेको आरोपमा नेपाली कांग्रेसको नेता बास्तोला पक्राउ

सामाजिक सन्जालमा राष्ट्रपति र प्रधानमन्त्रीमाथि अश्लिल टिप्पणी गरेको आरोपमा नेपाली कांग्रेसको नेता बास्तोला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ असार २०७७
  • 5.2K
    Shares

दुर्तादत्त बास्तोला

सामाजिक संजाल फेस्बुक्मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अश्लिल टिप्पणी गरेको आरोपमा कास्की प्रहरीले पुरञ्चौरका दुर्तादत्त बास्तोलालाई पक्राउ गरेको छ ।

उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धि ऐन (साइबर क्राइम) मुद्दा अन्तरगत प्रहरीमा उजुरी परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सोमबार अपरान्ह पुरञ्चौर स्थित उनकै निवासबाट पक्राउ गरेको हो।  पोखराका तीन युवा शिवप्रसाद अधिकारी, सम्पन्न श्रेष्ठ र सुष्मी श्रेष्ठले सम्माननीय व्यक्तिहरु माथि ज्यादै निच शब्द र कल्पनै गर्न नसकिने घृणाजन्य टिप्पणी सामाजिक सञ्जालमा गरेको भन्दै प्रहरीमा जाहेरी दिएको प्रहरीको दाबी छ ।

उनलाई विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अन्तर्गत मुद्दा दर्ता भएको र आबस्यक कारबाही बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाली कांग्रेसको साविक पुरञ्चौर गाउ विकास समितिका सभापति भएर काम गरेका बास्तोला हालको महानगरको वडा नम्बर १९ भइसकेपछि उपसभापतिको जिम्मेवारी पाएका थिए । गत स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको वडा नम्बर १९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका उनी पराजित भएका थिए ।

नेपाली कांग्रेसका सकृय कार्यकर्ता तथा स्थानीय नेता समेत रहेका बास्तोलाले पटकपटक अनुशासनहीन काम गरेको भन्दै नेपाली कांग्रेसले समेत पार्टीबाट निस्कासन गर्न सिफारिस गरिसकेको समाचारस्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया