भारतीय योग गुरु रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण लगायतबिरुद्ध भारतमा मुद्दा दर्ता भएको छ।
राजस्थान प्रहरीमा उनीहरु लगायत बिएस तोमर, तोमरका छोरा अनुराग तोमर र वरिष्ठ वैज्ञानिक अनुराग भर्सनेमाथि पनि मुद्दा दर्ता भएको हो ।
हरिद्धारस्थित पतञ्जली आयुर्वेदले कोभिड १९ विरुद्धको औषधि भन्दै मंगलबार ‘कोरोनिल’ नामको एक आयुर्वेदिक औषधि सार्वजनिक गरेको थियो । पतञ्जलीको अर्को उत्पादनको रुपमा सार्वजनिक गरिएको भन्दै कोभिड १९ का बिरामीलाई त्यसले निको हुने दावी रामदेव लगायतको थियो ।
सरकारको स्वीकृति विना नै कोभिड १९ को औषधि भन्दै आयुर्वेदिक औषधि सार्वजनिक गरेकोमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ।
योगगुरु रामदेवविरुद्ध अन्य विभिन्न प्रहरी कार्यालयमा ठगी लगायत विभिन्न प्रकृतिका मुद्दा दायर भएका छन् ।