लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरस्थित अपरेशन शाखाका निरीक्षक शाही प्रहरी नियन्त्रणमा

लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरस्थित अपरेशन शाखाका निरीक्षक शाही प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ असार २०७७
  • 7.4K
    Shares

लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखामा कार्यरत  प्रहरी निरीक्षक रुद्र बहादुर शाहीलाई प्रहरीले बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको छ।

उनको साथमा रहेको झोलाबाट प्रहरीले सात बोत्तल लागू औषध डायलेक्स–डीसी र ४६ ट्याब्लेट नाइट्रभेट पनि बरामद गरेको छ।

विशेष सुराक पाएर लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध सेवनकर्ता समेत रहेका प्रहरी निरीक्षक शाहीलाई उक्त परिणामको लागू औषधसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

बर्दिया ठाकुरबाबा घर भई पेप्सिकोला बस्ने ४३ वर्षीय सन्तोष कुमार शाहको फ्ल्याटमा लागू औषध नियन्त्रण व्यूरोले बिशेष सर्च अपरेशन चलाउँदा पक्राउ परेका चार जनाले प्रहरी निरिक्षक शाहीको नाम लिएपछि उनलाई उनी कार्यरत हानगरीय प्रहरी परिसर ललितपुरको अपरेशन शाखाबाट नै नियन्त्रणमा लिएको बताइएको छ।

सन्तोष कुमार शाहको फ्ल्याटमा लागू औषध नियन्त्रण व्यूरोले बिशेष सर्च गरेर सन्तोष कुमार शाह, उदयपुर त्रियुगा नगरपलिका घर भएका ३६ वर्षीय एलिसन बस्नेत, काठमाडौं नारायणचौरका ४८ वर्षीय भुपेश शेरचन र ज्ञानेश्वरका ४८ वर्षीय अभिनाश थपलियालाई पक्राउ गरेको थियो । पेप्सिकोलाको सो फ्ल्याटबाट डायलेक्स–डीसी ६ सय ६० बोत्तल, नाइट्राभेट १ हजार १ सय ४० ट्याब्लेट र स्पामो प्रोक्सीभन क्याप्सुल ३ सय ३० थान बरामद गरिएको व्यूरोका प्रवक्ता (एसपी) प्रविण धितालले जानकारी दिए ।

लागू औषध कारोबारबाट आएको अवैध कमाईबाट रुद्रले भैंसेपाटीमा आलिशान महल बनाएको बताइएको छ । जिल्ला अदालत काठमाडौंले पाँच जनालाई ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।

इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हुँदा कार्यालय समयमा प्रहरीको आचरण विपरित कार्य गरेको भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय बारामा तानिएको थियो र पछि उनको सरुवा महानगरीय प्रहरी वृत्त सातदाबाटोमा भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार