ठगी गरेको आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ, अदालतले जमानतमा छाड्न मानेन

ठगी गरेको आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ, अदालतले जमानतमा छाड्न मानेन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० असार २०७७
  • 5.2K
    Shares

नेहा गिरी र आयुष भट्टराई

ठगी गरेको आरोपमा अष्ट्रेलियामा दुई नेपाली पक्राउ परेका छन् । ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा सोमबार पश्चिमी सिड्नीबाट प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ । दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ । र, अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।

समाचारमा जनाइएअनुसार ठगीमा परेकी भनिएकी महिलालाई एक व्यक्तिले फोन गरी आफु बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने भन्दै नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । तर त्यो पैसा लिन उनकै घरमा गिरि र भट्टराई पुगेकै बेला थप पाँच हजार डलर आवश्यक रहेको बताएका थिए । ती महिलाले पैसा बुझाएपछि पनि वृद्धा प्रहरीमा पुगेकी थिइन् । त्यसबेला पनि उनलाई ठगी गर्ने समूहबाट फोन आएको थियो । प्रहरीले बृद्धाको घरमा पैसा लिन पुगेका दुई नेपाली गिरी र भट्टराईलाई पक्राउ गरेको छ ।

अनुसन्धानकर्ताहरुकाअनुसार यसरी नै ठगीमा अन्य व्यक्तिहरु पनि ठगिएको हुन सक्ने भएकाले ठगीमा परेका पीडितहरुको पनि पहिचान भइरहेको छ ।

प्रतिक्रिया