प्रचण्डको गृह जिल्लामा स्वतन्त्र युवालाई स्थानीय प्रशासनले बिप्लवको कार्यकर्ता देख्न थाल्यो, माइक प्रयोगमा रोक

प्रचण्डको गृह जिल्लामा स्वतन्त्र युवालाई स्थानीय प्रशासनले बिप्लवको कार्यकर्ता देख्न थाल्यो, माइक प्रयोगमा रोक


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ असार २०७७
  • 5.5K
    Shares

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”को गृह जिल्लामा एमसिसिविरुद्ध प्रदर्शन गर्ने स्वतन्त्र युवाहरुलाई स्थानीय प्रशासनले बिद्रोही न.क.पा.को कार्यकर्ता देख्न थालेको छ । त्यसो त गृहमन्त्री रामबहादुर थापा “बादल” पनि चितवनको भरतपुरका स्थानीय बासिन्दा हुन्।
राष्ट्रघाती एमसिसि सम्झौताविरुद्ध आज स्वतन्त्र युवाहरुले चितवनको भरतपुर चौबिसकोठीमा आयोजना गरेको विरोध कार्यक्रममा स्थानीय प्रशासनले “विप्लवका कार्यकर्ताहरुको सहभागिता रहेको” भन्दै माइक प्रयोग गर्न दिएन भने व्यापक गिरफ्तारीको तयारीका बाबजुद उपस्थित स्वतन्त्र युवाहरुले एमसिसिविरुद्ध प्रदर्शन गरि छाडे ।

त्यस विरोध कार्यक्रममा बोल्दै अभियन्ता मान्यता थापाले एमसिसि सम्झौता नेपालको संसदबाट पारित भए नेपाल अमेरिकी सेनाको क्रीडास्थल हुने जिकिर गर्दै राष्ट्रघाती एमसिसिविरुद्ध आम देशभक्त, राष्ट्रवादी र परिवर्तनकारी शक्तिहरु एकजुट भएर स्वतन्त्रपूर्वक लड्नुपर्ने आवश्यकता औंल्याइन ।


कार्यक्रमका अन्य वक्ताहरु फणिन्द्र आचार्य र होमनाथ पौडेलले राष्ट्रघाती एमसिसि सम्झौताका विरुद्ध प्रदर्शनमा उत्रिएका जनसमूहलाई यो वा त्यो राजनीतिक पार्टीको कार्यकर्ताको रुपमा नहेर्न स्थानीय प्रशासनलाई आव्हान गर्दै मुलुक र मातृभूमिविरुद्ध हुने हरेक षडयन्त्र र सम्झौताकाविरुद्ध सहयोग र समर्थन गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार