रुपन्देहीको सियारी गाउँपालिका छपियास्थित दानवखोलामा निर्माणाधीन दयानगर-छपिया जोड्ने मोटरेबल पुल भाँचिँदा इन्जिनियर महेश्वर लम्साल घाइते भएका छन् । हात भाँचिएका उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भैरहेको छ।
रातिदेखि परेको अविरल वर्षाको कारण खोलामा आएको बाढीले उक्त निर्माणाधीन पुल भाँच्चिन थालेपछि लमा कार्यरत अन्य मजदुर भने हाम फालेर बाँचेका थिए ।
सडक डिभिजन बुटवल अन्तरगत निलगिरी नेशनल जेभीले निर्माणको ठेक्का पाएको थियो र सो पुलको प्रीस्ट्रेसिङ्गको काम चलिरहेको थियो।
नयाँ प्रविधिको पुल भनेर चिनिने यो पुलको प्रयोग नेपालको धेरै ठाउँमा असफल मानिएको छ ।