मकवानपुर जिल्लामा एक प्रहरी प्रमुख घुस रकम सहित पक्राउ

मकवानपुर जिल्लामा एक प्रहरी प्रमुख घुस रकम सहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ असार २०७७
  • 7.6K
    Shares

प्रहरी निरीक्षक रामबालक राय

मकवानपुर जिल्लामा एक प्रहरी प्रमुख घुस रकमसहित पक्राउ परेका छन्। मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामबालक रायलाई १२ हजार रुपैयाँ घुस रकमसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरेको हो।

प्रनि रायलाई प्रदेश प्रहरी कार्यालय, हेटौंडाको नियन्त्रणमा राखिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । उनलाई भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा रहेको सगरमाथा होटलमा बसेर ठेकेदार दुर्गा लामासंग १२ हजार रुपैयाँ घुस रकम लिदालिदैं प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरी निरीक्षक रायले आफ्नो इलाकामा गलत गतिविधि र रकम लेनदेन गर्ने गुनासो आएपछि प्रदेश प्रहरीले उनलाई निगरानीमा राखेकोमा उनलाई रकम लेनदेनमा गरिरहकै अवस्थामा नियन्त्रणमा लिइएको बागमती प्रदेशका प्रमुख डीआईजी बसन्तकुमार लामाले जानकारी दिए।  डीआईजी लामाले आवश्यक अनुसन्धानपछि कारवाही प्रकृया अघि बढाइने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार