कोरोना भाइरस कोभिड-१९ नियन्त्रणका सामग्री किन्दा भष्टाचार गरेको आरोपमा जिम्बाब्वेका स्वास्थ्यमन्त्री ओबादी मोयो पक्राउ परेका छन्।
जिम्बाब्वेको भ्रष्टाचार नियन्त्रण आयोगले उनलाई शुक्रबार राति पक्राउ गरेको हो।
कोरोना रोकथाम र नियन्त्रणको लागि बन्दोबस्ती र मेडिकल सामग्रीमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका स्वास्थ्यमंत्री मोयोले ६० मिलियन डलर भ्रस्टाचार गरेको बताइएको छ।
जिम्बाब्वेमा औषधि वितरण गर्दै आएको एक कम्पनी गएको हप्ता छानबिनमा तानिएपछि मन्त्रीले नै भ्रष्टाचार गरेको भेटिएको हो। मजिम्बाब्वेमा अहिलेसम्म कोरोनाका पाँच सय बिरामी छन् भने चार जनाको मृत्यु भएको छ।