इलामको माङसेबुङ गाँउपालिका–६ मा एउटै हाँगामा झुन्डिएको अवस्थामा देवर–भाउजु मृत फेला परेका छन् । इलाम माङसेबुङ–६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ वर्षीया गिता राई एउटै हाँगामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
बिहिबार कसैलाई केही नभनी हिडेका उनीहरु शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिव ७ सय मिटर टाढा रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
उक्त घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय मंगलबारेको प्रहरी टोलीले आबस्यक अनुसन्धान शुरु गरिसकेको प्रहरी निरिक्षक राजकुमार शाह तेलीले जानकारी दिए। उनले घटनाको प्रकृति हेर्दा शंकास्पद नै देखिएको बताएका छन्। प्रहरीले दुवै जनाको शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवि सिथत अस्पतालमा पठाएको छ । फाइल फोटो