पर्वतको दुर्लुङमा पहिरोले पुरिएर दुइको मृत्यु, सातजना जना बेपत्ता

पर्वतको दुर्लुङमा पहिरोले पुरिएर दुइको मृत्यु, सातजना जना बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 5.8K
    Shares

पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार राति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। भने सात जना बेपत्ता भएका छन्।

शनिबार साँझदेखि भएको भीषण वर्षाका कारण दुर्लुङको काफलचौर स्थित सरुनचौर भन्ने ठाउँमा पहिरोले ३ घर पुरेको हो।  पहिरोमा परी स्थानीय तुलबहादुर थापाकी श्रीमती नीलकुमारी र नातिनी (छोरा तर्फ)अन्दाजी १० बर्सिया विविशा थापाको मृत्यु भएको छ। पहिरोमा परी तुलबहादुर र उनका नाति (छोरा तर्फका), छोरी र नाति (छोरीतर्फ) बेपत्ता छन्।

 पहिरोमा परी अर्को एक घर पूर्ण रूपमा क्षति हुनुका साथै उक्त घरका ३ जना बेपत्ता भएका छन्। विकास विकको घरलाई पहिरोले बगाउँदा घर रहेको ठाउँसमेत नदेखिएको तथा उनका श्रीमती, छोरी र छोरी बेपत्ता रहेको पनि गुरुङको भनाइ छ। उनका अनुसार पहिरो गएको स्थानमा सयौँको संख्यामा स्थानीय नागरिक जम्मा भएर उद्धारको प्रयास गरिरहेको भए पनि बेपत्ता भएकाहरूलाई फेला पार्न सकेका छैनन्।

दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याले आफू घट्नास्थलतर्फ जाँदै गरेको बताउँदै केही मान्छे पुरिएको र ३ घरहरू पुरिएको खबर आफूलाई आएको जानकारी दिएका छन्। उद्धारका लागि घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले पनि पहिरोमा परी २ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य जारी राखेको बताउँदै उनले बेपत्ताहरूको अवस्था सकेसम्म छिटो पत्ता लगाउन खटिरहेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार