लकडाउनको मोडालिटी परिर्वतन गर्ने सरकारको निर्णय : असार १ गतेदेखि सरकारी कार्यालय खुल्ने, सवारीमा जोर विजोर प्रणाली लागू हुने

लकडाउनको मोडालिटी परिर्वतन गर्ने सरकारको निर्णय : असार १ गतेदेखि सरकारी कार्यालय खुल्ने, सवारीमा जोर विजोर प्रणाली लागू हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 4K
    Shares

सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।

असार १ गतेदेखि सरकारी कार्यालय खुल्नेछन्। तर विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ।  रिक्सा तथा एक लहरमा एक जना यात्रुमात्र बस्ने गरी विद्युतीय रिक्सा, ट्याक्सीमा चालकबाहेक थप दुई जना यात्रु रहने गरी चल्न दिने तयारी छ । व्यक्ति व्यक्तिबीचमा कम्तीमा २ मिटर भौतिक दूरी कायम रहने गरी रेस्टुरेन्ट तथा खाजाघर खोल्न दिने प्रस्तावमा छ ।

यो १५ दिनको विश्लेषण गरी थप १५ दिनसम्म सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, संक्रमण जोखिम विश्लेषण गरी सयभन्दा कम सक्रिय केसहरु भएमा अन्तर जिल्ला आवाजावत, सीट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन र आन्तरिक हवाई उडान, होटल, लज रिसोर्ट, परीक्षा प्रयोजनका लागि शिक्षण संस्था लगायतका तालिम, ट्युसन केन्द्र खोल्ने भएको छ ।

तर यो तीन चरणमा शैक्षिक संस्था, सिनेमा हल, तोकिएबाहेक अन्तर्राष्ट्रिय सीमाबाट हुने आवातजावत, २५ जनाभन्दा बढी सहभागी हुने भेला, बैठक, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, स्वीमिङ्पुल, जिमखाना, व्यूटी पार्लर, सैलुन, समूहमा खेलिने खेलकुदलगायत भने खुल्ने छैनन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले पहिला तीन चरणको लकडाउन मोडालिटी बनाउँदै पहिलोको २१ दिनमा २१ सेवा तथा कार्य खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पहिलो २१ दिन, त्यसको स्थिति हेरी १५ र फेरि अर्को १५ दिनको लकडाउन खुकुलो बनाउने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार