हिमाल पारीको जिल्ला मुस्ताङमा सात जनाको आरडीटी परीक्षण पोजिटिभ, निश्चित गर्न स्वाब पोखरा पठाइयो

हिमाल पारीको जिल्ला मुस्ताङमा सात जनाको आरडीटी परीक्षण पोजिटिभ, निश्चित गर्न स्वाब पोखरा पठाइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ जेष्ठ २०७७
  • 3.9K
    Shares

मुस्ताङमा ७ जना व्यक्तिको स्वाब नमूना पोखरा पठाइएको छ । उनीहरु सबैको थासाङ ४ को घासा कोरोना क्लिनिक र जोमसोम अस्पतालमा गरिएको आरडिटी परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएपछि पिसिआर परीक्षणका लागि नमूना पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

कोरोना आशंका गरिएका मध्ये ५ जनाको थासाङको घासा क्लिनिक र २ जना महिला स्वास्थ्यकर्मीको जोमसोम अस्पतालमा आरडीटी परीक्षण गरिएको थियो ।

कोरोना सम्भावित ५ पुरुष र २ महिलाको नमूना स्वाब सोमबार ५ जनाको र मंगलबार २ जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए ।

आरडीटी परीक्षण गदा रिपोर्ट पोजिटिभ देखिएपछि रुपन्देही जिल्ला घर भएका २७ वर्षीय पुरुष ,चितवनका ३० वर्षीय पुरुष ,कास्कीका ३४ वर्षीय पुरुष, बाग्लुङका ३५ वर्षीय पुरुष र बर्दियाका १९ वर्षीय पुरुषको नमूना स्वाब पोखरा पठाइएको हो ।

यस्तै, जिल्ला अस्पतालका महिला स्वास्थ्यकर्मीको पनि मंगलबार स्वाब पोखरा पठाइएको जिल्ला अस्पताल जोमसोमका मेसु शिव भण्डारीले जानकारी दिए ।

७ जनालाई जिल्ला अस्पताल जोमसोमको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । यस्तै उनीहरुसँगै सम्पर्कमा आएका केही व्यक्तिलाई पनि सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार