बाँकेको ठुरिया जंगलमा मध्यराती भ्यान ट्रकमा ठोक्किंदा १२ जनाको मृत्यु, २१ घाइते

बाँकेको ठुरिया जंगलमा मध्यराती भ्यान ट्रकमा ठोक्किंदा १२ जनाको मृत्यु, २१ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ जेष्ठ २०७७
  • 3.2K
    Shares

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराती ट्रकमा भ्यान ठोक्किंदा १२ जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ स्थित छुरे जंगलमा बिग्रेर रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स भ्यान ठोक्किँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख पबिन्द्र बमले जानकारी दिए । मृत्यु हुनेहरुमा ११ पुरुष र एक महिला रहेका छन् ।

सो भ्यान लकडाउनकाकारण अलपत्र परेर भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको थियो। ३३ जना सवार भ्यान अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको ट्राफिक प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । साथै मृतकहरुको शव पनि पोस्टमार्टमका लागि अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार