हिले बाहिनीका सैन्य हवल्दार भट्टराईको उपचारकै क्रममा मृत्यु, घटना शंकास्पद भन्दै आफन्तद्वारा शव बुझ्न अस्वीकार

हिले बाहिनीका सैन्य हवल्दार भट्टराईको उपचारकै क्रममा मृत्यु, घटना शंकास्पद भन्दै आफन्तद्वारा शव बुझ्न अस्वीकार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 3.1K
    Shares

परशुराम भट्टराई

ब्यारेकमा अचेत अवस्थामा भेटिएको भन्दै थप उपचारका लागि विराटनगरको विराट मेडिकल कलेज ल्याइएका नेपाली सेनाको हिले बाहिनीमा कार्यरत सैनिक हवल्दार परशुराम भट्टराईको सोही अस्पतालमा सोमबार मृत्यु भएको छ ।

उनलाई बाहिनीका सैनिक टोलीले जेठ ५  विराट मेडिकल कलेजमा ल्याएका थिए । सुनसरी रामधुनी नगरपालिका- ३ घर भएका भट्टराईको शरीरमा चोट भएकाले घटना शंकास्पद रहेको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् र घटना छानबिनको माग गरेका छन् । उनीहरुले मृत्युका बारेमा भोलिपल्ट मात्रै जानकारी दिइएकोमा पनि शंका गरेका छन्।

आफन्तले शव बुझ्न नमानेपछि नेपाली सेनाले नै शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ ।

घटना छानबिनको माग गर्दै मंगलबार आफन्त र छिमेकी सैनिक ब्यारेक रहेको स्थान धनकुटातर्फ गएका थिए । सुनसरीबाट धनकुटातर्फ गएका आफन्तलाई प्रहरीले भेडेटारबाटै फर्काइदिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार