दुई किलो चिनीको पोका बोकेका भारतीय युवाको साथबाट नौलाख भारु बरामद

दुई किलो चिनीको पोका बोकेका भारतीय युवाको साथबाट नौलाख भारु बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० जेष्ठ २०७७
  • 3.9K
    Shares

फूलकुमार मेहता

चिनीको पोकामा अबैध रुपमा भारतीय रुपियाँ नेपाल भित्राउदै गरेका एक भारतीय युवकलाई प्रहरीले आज दिउसो सप्तरीबाट पक्राउ गरेको छ।

चिनीको पोकामा अबैध रुपमा भारतीय नौ लाख रुपियाँ नेपाल भित्राउदै गरेका भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बथनाहा निवासी २८ वर्षीय फूलकुमार मेहतालाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको हो।

लकडाउनको समयमा भारतबाट नेपाल तर्फ लुकीछिपी आउँदै गरेका मेहतालाई प्रहरीले प्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडानम्बर १४ मा रोकी सोधखोज गर्नुकासाथै खानतलासी गरेको थियो।  सोही क्रममा प्रहरीले हातमा झुन्ड्याउने नाइलनको झोलामा दुई किलो चिनीले छोपेर  नौ भारु बरामद गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए । त्यसपछि प्रहरीले उनलाई नौ लाख भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय राजविराजको नियन्त्रणमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार