नेपाली सेनाद्वारा भगौडा सैनिक सैनिकपोशाकमा हिँडिरहेको अवस्थामा पक्राउ

नेपाली सेनाद्वारा भगौडा सैनिक सैनिकपोशाकमा हिँडिरहेको अवस्थामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ जेष्ठ २०७७
  • 4.6K
    Shares

नेपाली सेनाले एक जना भगौडा सैनिकलाई पक्राउ गरेको छ। काठमाडौंको बाँसबारीमा होटल सञ्चालन गर्दै आएका दोलखाका सुशील खड्कालाई आइतबार नेपाली सेनाले पक्राउ गरेको हो। लकडाउनको समयमा सैनिक पोसाक लगाएर हिँडेको अवस्थामा सैनिक प्रहरीले पक्राउ गरेको समाचारस्रोतले जानकारी दिएको छ। 

उनलाई सैनिक प्रहरी गणमा थप निगरानीमा राखेर कार्वाही प्रक्रिया अघि बढाइएको समेत नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनी २०६८ सालमा सेनाले सञ्चालन गरेको सैन्य आधार तालिममा रहँदा भागेको पाइएको समेत सेनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार