भारतद्वारा अतिक्रमित नेपालीभुमी कालापानीभन्दा १२ किमी वर सशस्त्रको बीओपी स्थापना

भारतद्वारा अतिक्रमित नेपालीभुमी कालापानीभन्दा १२ किमी वर सशस्त्रको बीओपी स्थापना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ जेष्ठ २०७७
  • 5.1K
    Shares

सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका-१ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको नेतृत्वमा बुधबार बीओपी स्थापना गरिएको हो । सो पोस्ट भारतद्वारा अतिक्रमण गरी बनाइएको सडक निर्माणस्टल नेपाली भूमि कालापानी क्षेत्रबाट १२ किलोमिटर वर रहेको छ।

दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्म हेडकार्वटरका निरीक्षक लिलबहादुर चन्दको नेतृत्वमा बीओपी स्थापना गरिएको हो ।

नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो ।

दार्चुला सदरमुकामको नेपाली सेनाको ब्यारेकमा हेलिकोप्टर अवतरण गरिएको थियो । त्यहीँबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा लगिएको थियो ।

बीओपीका लागि चाहिने हातहतियार,बन्दोबस्तीको सामन र फौज लिएर नेपाली सेनाको एमआई-१७ हेलिकप्टर खलंगाबाट छाङरु गएको थियो । छाङरुबाट भारत र चीनसँग सीमा जोडिएको सीमा सुरक्षार्थ बीओपी स्थापना गरिएको हो ।

बीओपीमा २५ जनाको जनशक्ति राखिएको छ । बुधबार नै खलंगाबाट नेपाल प्रहरीको ८ जनाको टोली पनि सितापुलमा चौकी स्थापना गर्न लगिएको छ । चिसोका कारण सितापुलमा रहेको प्रहरी टोली खलंगा झरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार