इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भट्टराई कारबाहीमा परे

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भट्टराई कारबाहीमा परे


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ जेष्ठ २०७७
  • 5.8K
    Shares

डीएसपी भीमलाल भट्टराई

लाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराई कारबाहीमा परेका छन्। बुटवलमा रहेर समन्वय नगरेको आदेश पालना नगरेको भन्दै कारवाहीमा परेका डिएसपी भीमलाल भट्टराई प्रदेश प्रहरी कार्यालय दाङमा तानिएका छन्। उनी बुधबार बिहान ११ बजे बुटवलबाट दाङ गइसकेका छन्।

प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारका अनुसार भट्टराईलाई प्रदेश प्रहरी कार्यालयमा काजमा तानिएको हो। उनिमाथि अनुशासन र आदेश पालना नगरेको, समन्वय नगरेको, आफूमातहतका कार्यालय र सुरक्षाकर्मीलाई परिचालन गर्न नसकेको भन्दै कारबाही स्वरूप प्रदेश कार्यालय तानिएको स्रोतले जानकारी दिएको छ।

उनलाई कुन घटनाका आधारमा दाङ तानिएको हो भन्नेबारे नखुलाइए पनि त्यहाँ थप अनुसन्धान हुने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार