थप २४ जनामा कोरोना संक्रमण पुष्टि, रुपन्देहीमा एउटै परिवारका नौ, कपिलवस्तुमा चार सुरक्षाकर्मी संक्रमित

थप २४ जनामा कोरोना संक्रमण पुष्टि, रुपन्देहीमा एउटै परिवारका नौ, कपिलवस्तुमा चार सुरक्षाकर्मी संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३१ बैशाख २०७७
  • 5.2K
    Shares

थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

नयाँ संक्रमित २४ जनामध्ये रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

रुपन्देहीका थपिएका ९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवारको भएको खुलेको छ ।

उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् ।

उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् । उनीहरु घर आउँदै गरेको थाहा भएपछि स्थानीयबासीले जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखेका गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए ।

थपिएका संक्रमित मध्ये ९ जना गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवारका हुन् । उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् ।

उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् । उनीहरु घर आउँदै गरेको थाहा भएपछि स्थानीयबासीले जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखेका गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए

उनीहरू मध्ये चार जना सुरक्षाकर्मी हुन् । दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई छन् ।

यसैगरी पर्सामा ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी महिलामा संक्रमण पुष्टि भएको छ ।

नवलपरासीमा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि बुधबार दिउँसो २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु कपिलवस्तु र बाँकेका थिए ।

प्रतिक्रिया