नेपालका विभिन्न वेबपेज र डाटा प्रणालीको ब्यबस्थापन गर्दै आएको मर्कन्टाइल कम्युनिकेसन प्रालिद्वारा संचालित एनपी सर्भरमा साइबर हमला भएको छ ।
फुडमान्डु र भायनेटका ग्राहकको व्यक्तिगत विवरण बाहिर ल्याएको ह्याकरले नै मर्कन्टाइल कम्युनिकेसन प्रालिको एनपी डोमेनमा साइबर हमला गरी ह्याक गरेको हो।
टि्वटरमा सतान नाममा रहेको ह्यान्डलले एनपी डोमेनमा सुरक्षा कमजोरी रहेको औंल्याइएको थियो । त्यसलगत्तै ह्याकरले एनपीको सर्भरमा आक्रमण गरेर पहुँच बनाएको कम्पनीले जनााएको छ ।
कम्पनीले एक प्रेस विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार सोमबार राती १० बजरे ३७ मिनेटमा कम्पनीको सुरक्षा प्रणालीमा हमलाको प्रयास भएको थियो । ५ वर्षदेखि एनपी डोमेनको व्यवस्थापन गर्दै आएको कम्पनीले हाल ८३ हजार व्यक्तिगत तथा व्यवसायिक कम्पनी सेवा दिइरहेको छ ।
हाल एनपी डोमेनमा कुनै समस्या नदेखिए पनि यो विषयलाई गम्भीर रुपमा लिएका जानकारी दिंदै मर्कनटाइलले विज्ञप्तिमार्फत कुनै अवस्था आए ग्राहकलाई सूचना दिने जानकारी दिएको छ।
कम्पनीले हमलाबाट बच्न थप सुरक्षा प्रणाली प्रयोग गर्न लागिएको स्पस्ट पार्दै त्यसकै लागि अहिले एनपी डोमेरमा नयाँ वेबसाइट दर्ता गर्न बन्द गरिएको जानकारी दिएको छ । साथै ह्याकरलाई सर्भरबाट कुनै सेक्युुरेटीसम्बद्ध डाटा चोरी गरेको भए त्यसलाई सार्वजनिक नगर्न कम्पनीले आग्रह गरेको छ । मर्कन्टाइलले सिस्टममा थप क्षति नगर्न अनुरोध पनि गरेको छ ।