कोरोनाकाकारण दोश्रो विश्वयुद्ध पछिकै तीब्र रफ्तारमा अमेरिकी अर्थतन्त्र ओरालोतिर

कोरोनाकाकारण दोश्रो विश्वयुद्ध पछिकै तीब्र रफ्तारमा अमेरिकी अर्थतन्त्र ओरालोतिर


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ चैत्र २०७६
  • 4.9K
    Shares

इतिहासमै पहिलो पटक अमेरिकी अर्थतन्त्र दोश्रो बिस्वयुद्दपश्चात सन् १९४६ पछि पहिलो पटक  ओरालो लाग्ने संकेत देखिएको छ।  अमेरिकी बैंक मोर्गन स्टेनलीले कोरोना भाइरसका कारण अमेरिकाको अर्थतन्त्र ओराली लाग्ने संकेत देखिएको जनाएको छ। यही कारण अमेरिकी अर्थतन्त्र सन् २०२० मा ५.५ प्रतिशतले खुम्चिने पूर्वानुमान सो बैंकले गरेको छ।

स्टेनलीले कोरोना भाइरसका कारण परेको असरलाई ध्यानमा दिदैं नयाँ आर्थिक पूर्वानुमान सार्वजनिक गर्ने क्रममा शुक्रबार त्यस्तो पूर्वानुमान गरेको छ।

कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्र दोश्रो त्रैमासमा यसअघि अनुमान गरिए भन्दा ३८ प्रतिशतले कम हुने उसको अनुमान छ।

यस अमेरिकी बैंकले पहिलो त्रैमासमा यसअघि गरेको आफूले गरेको २.४ प्रतिशतको संकुचन अब ३.४ प्रतिशत हुने जनाएको छ भने दोश्रो त्रैमासमा ३८ प्रतिशतको संकुचन आउने उसको अनुमान छ।

यसअघि उसले दोश्रो त्रैमासमा ३० प्रतिशत संकुचन हुने अनुमान गरेको थियो।

यसैगरी बैंकले अमेरिकी बेरोजगारीदर दोश्रो त्रैमासमा कीर्तिमानी रुपमा १५.७ प्रतिशतले वृद्धि हुने बताएको छ। यसअघि उसले बेरोजगारीदर १२.८ प्रतिशत हुने अनुमान गरेको थियो।

मोर्गन स्टेनलीले यस त्रैमासमा २ करोड १० जनाले जागिर गुमाउने मोर्गन स्टेनली जनाएको छ।

प्रतिक्रिया