सशस्त्रका पूर्वआईजीपी ३० लाखमा छुटे

सशस्त्रका पूर्वआईजीपी ३० लाखमा छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ पुष २०७३
  • 7.1K
    Shares

काठमाडौं, १२ पुस ।

आफूले गैरकानुनी रुपमा लाभ लिई सरकारलाई हानी पुर्याएको आरोपको मुद्दमा माग गरेबमोजिमको ३० लाख रुपैयाँ धरौटी राखेर सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक वासुदेव ओली सोमबार थुनामुक्त भएका आजको नेपाल समाचारपत्रमा खबर छ ।

विशेष अदालतका सदस्यहरु भूपेन्द्रप्रसाद राई, नरेन्द्रकुमार शिवाकोटी र प्रभा बस्नेतको इजलासले ओलीसँग तीस लाख रुपैयाँ नगद वा जेथा लिई थुनामुक्त गर्न र नदिएमा थुनामा पठाउन उल्लेख गरिएको थियो ।

पूर्वमहानिरीक्षक ओलीबाट १ करोड १४ लाख ५४ हजार ४९ रुपैयाँ ५० पैसा भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ ।

प्रतिक्रिया