थ्रीस्टार आहा रारा गोल्ड कपको सेमिफाइनलमा

थ्रीस्टार आहा रारा गोल्ड कपको सेमिफाइनलमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 3.5K
    Shares

गान्टोक सिटी र थ्री थ्रीस्टार

१८ औं संस्करणको आहा रारा गोल्डकपमा थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रङ्गशालामा भएको खेलमा गान्टोक सिटी एफसी भारतलाई पाखा लगाउँदै थ्रीस्टार सेमिफाइनल प्रवेश गरेको हो । तेस्रो क्वार्टरफाइनलमा सोमबार पोखरा रङ्गशालामा भएको खेलमा गान्टोक सिटीलाई थ्रीस्टारले ३–० गोल अन्तरले पराजित गर्‍यो ।

थ्रीस्टारको जितमा सुशन श्रेष्ठले २ र सन्जोग राईले एक गोल गरे । खेलको ७८ औँ मिनेटमा दिपेश घलेको पासमा सन्जोगले बललाई जाली चुमाएका थिए भने खेलको अतिरिक्त समयमा सुशनले २ गोल गर्दै थ्रीस्टारको जीत सुनिश्चित गरे ।

थ्रीस्टारले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिसले क्वार्टरफाइनलमा घरेलु क्लब सहारालाई ट्राइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । थ्रीस्टार र पुलिसको खेल फागुन २८ गते बुधबार हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार