आहा गोल्ड कप : झापालाई हराउदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

आहा गोल्ड कप : झापालाई हराउदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ फाल्गुन २०७६
  • 3.2K
    Shares

झापा बिरुद्ध मनाङ्ग मर्स्याङ्ग्दी

अन्जन विष्टको निर्णायक गोलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा मनाङले झापा-११ फुटबल क्लबलाई १-० ले पराजित गरेको हो । खेलको ७५ औं मिनेटमा शुसिल रानाले दिएको पासलाई सदुपयोग गर्दै अन्जल विष्टले निर्णायक गोल गरे ।

पहिलो हाफमा दुबै टोलीले आक्रमक खेल प्रस्तुत गरे पनि खेल गोल रहित बराबरीमा टुंगियो । झापा विरुद्ध जित निकाल्न मनाङले निकै कसरत गर्नुपर्यो । खेल अवधीमा पाएका अवसरलाई फिनिसिङ दिन नसक्दा झापाले हार व्यहोर्नु पर्यो ।

झापाका अविषेक गुरुङले खेलको अन्तिम समयमा पेनाल्टी एरिया नजिक पाएको वान भर्सेस वानमा बललाई पोष्टको दिशा दिनबाट चुके । उनले प्रहार गरेको बल फष्ट वार नजिकैबाट बाहिरिएको थियो । खेलमा मनाङका अन्जन विष्ट म्यान अफ दी म्याच घोषित भए ।

आइतबार भएको खेलसँगै सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपले आफ्नो २०० औं खेल पूरा गरेको छ । क्याराभान गोल्डकप नामबाट सुरु भएको मोफसल कै ठूलो मानिने यस प्रतियोगिताको पहिलो ऐतिहासिक खेल सहारा क्लब र नक्साल युथ मण्डलबीच भएको थियो ।

अन्तिम चारमा मनाङले अब त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच खेलको विजेतासँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो क्वाटरफाइनलमा रुस्लान थ्री स्टार क्लबले भारतको गान्तोक फुटबल क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया