नेपाली सेनाभित्र भएको अरबौंको भ्रस्टाचार बारे छानबिन गर्न संसदीय समितिलाई सुझाव

नेपाली सेनाभित्र भएको अरबौंको भ्रस्टाचार बारे छानबिन गर्न संसदीय समितिलाई सुझाव


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ फाल्गुन २०७६
  • 3.8K
    Shares

पुर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री

नेपाली सेनाभित्र ब्यापक भ्रस्टाचार हुने गरेको टिकाटिप्पणी बेलाबेलामा हुने गरे पनि छानबिन भने कहिल्यै भएको थिएन।  तर नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालमा अर्बौ रुपैयाको भ्रष्टाचार गरेको उजुरी परेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्यस बारे छानबिन हुनुपर्ने राय दिएको छ ।

सो समितिले गठन गरेको कार्यदलले बिहीबार समितिसमक्ष आफ्नो प्रतिवेदन बुझाउदै पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि ब्यापक भ्रस्टाचार गरेको आरोपमा तत्काल छानविन गर्न सुझाव दिएको हो । सो कार्यदलमा सत्तारुढ नेकपाका सांसद रेखा शर्मा,नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेका थिए।  सो कार्यदलले पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीबिरुद्ध परेको उजुरीमाथि छानविन गर्ने क्रममा फास्ट ट्र्याकसहित बिभिन्न ठेक्का पट्टा र खरिद निर्णयमा ब्यापक भ्रस्टाचार गरेको तथ्यहरु प्रस्तुत गरेको छ ।

सेनाको मुख्यालय पुनःनिर्माणको क्रममा भ्रष्टाचार भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो । यी लगायतका समितिमा प्राप्त उजुरीहरुबारे अध्ययन गरी सुझाव दिन गठित कार्यदलले सेनाको मुख्यालय पुनर्निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे छानविन गरी कानुनअनुसार कारबाही गर्नका लागि रक्षा मन्त्रालयलाई लेखी पठाउने सुझावसहितको प्रतिवेदन मूल समितिमा पेश गरेको छ ।

कार्यदलको प्रतिवेदनमा नेपाली सेनाको मुख्यालय पुनर्निर्माणको क्रममा ब्यापक भ्रष्टाचार भएको दाबी गर्दै छिटो भन्दा छिटो उच्चस्तरीय टोली गठन गरेर दोषीलाई कारबाहीको माग गरिएको छ ।

कार्यदल सदस्य एवं समिति सदस्य शर्माका अनुसार सेनाको मुख्यालय पुनःनिर्माणको क्रममा ब्यापक भ्रष्टाचार भएको दाबी गर्दै २१ भदौ २०७५ मा समितिमा उजुरी परेको थियो ।

समितिले आठ महिना अघि समितिमा प्राप्त उजुरीमाथि अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया