आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको त्रिकोणात्मक शृंखलामा नेपालले दोश्रो जित हासिल गरेको छ। नेपाल एकपटक ओमंसंग हारेको थियो। तर यसभन्दा अघिको खेलमा पराजित गरेको अमेरिकालाई नेपालले आज पनि हराएको छ।
अमेरिकाबिरुद्ध्को खेलमा नेपाली खेलाडी स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै क्रमश: ६ र ४ विकेट लिएका थिए। सो खेलमा अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट भएको थियो ।
अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बााकी खेलाडीले दोहोरो अंककमा रन छुन सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए ।
सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए ।
नेपालले सामान्य लक्ष्य पछ्याउने क्रममा दुवै ओपनर ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलललाई दोस्रो ओभरमै गुमाएको थियो । तर पूर्व कप्तान पारस खड्का र उपकप्तान दीपेन्द्र सिंहले तेस्रो विकेटका लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । छैटौं ओभरको दोस्रो बलमा दीपेन्द्र छक्का हान्दै खेल सकाएका थिए । पारस १५ र दीपेन्द्र १५ रनमा अविजित रहे ।अमेरिकाका लागि नासथुस केन्जिगेले २ विकेट लिए ।