अन्नपूर्ण पदमार्गमा हिमपहिरो

अन्नपूर्ण पदमार्गमा हिमपहिरो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ माघ २०७६
  • 4K
    Shares

अन्नपूर्ण पदमार्गमा हिमपहिरो गएको छ । पदमार्ग अन्तर्गत देउराली नजिकै हिउँ पहिरोमा  केही चिनियाँ र कोरियन पर्यटक परेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

हिमपहिरो गएको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण समस्या भएको प्रहरीको भनाइ छ ।

हिमपहिरोमा नेपाली गाइड, पोर्टल, कोरियन र चिनियाँ पर्यटक गरी ९ जना सम्पर्कबाहिर रहेको बताइको छ ।

जिल्ला प्रहरी कार्यालय र टान पोखराबाट उद्दार टोली घटनास्थलतर्फ लागिसकेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया