जयवागेश्वरीमा ‘३७७ वर्ष’ पुरानो ताम्रपत्र फेला

जयवागेश्वरीमा ‘३७७ वर्ष’ पुरानो ताम्रपत्र फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ पुष २०७६
  • 2.9K
    Shares

पाशुपत क्षेत्रको ग्वलमा रहेको जयवागेश्वरीको मन्दिर पुनःनिर्माणका क्रममा मन्दिरभित्र ३७७ वर्ष पुरानो ताम्रपत्र फेलापरेको छ ।

रञ्जना, भुजींमोल र प्रचलित लिपिमा नेपाल भाषामा लेखिएको ताम्रपत्र फेलापरेको हो ।

पत्रमा ग्वलका वैद्यथर भएकी एक महिलाले आफ्ना इष्ट देवता वागेश्वरीको नाममा सुन तथा चाँदीका गरगहना चढाएको उल्लेख रहेको स्थानीयले बताएका छन् ।

नेपाल संवत् ७६४ को ताम्रपत्रमा ‘गरगहना हराए वा तलमाथि भए पाँचजना भद्र–भलाद्मीहरुले विचार गर्नू’ भन्ने किसिमले उल्लेख गरिएको स्थानीय वासिन्दा जलदराज वैद्यले जानकारी दिए ।

यही पुस ११ गते मन्दिरको पछाडिको भित्तामा विभिन्न देवी–देउताका लिच्छविकालीन चित्रकला भेटिएको थियो ।

गएको भदौमा जयवागेश्वरी मन्दिरभित्र अर्को मन्दिर र तीनओटा गजुरहरुसमेत भेटिएको थियो । imagekhabar.com

प्रतिक्रिया