नापी सर्वेक्षक घुससहित पक्राउ

नापी सर्वेक्षक घुससहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ पुष २०७६
  • 3.1K
    Shares

नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेका थिए ।

घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई रंगेहात पक्राउ गरेको अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । साहलाई अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया