पेप्सीकोलाको  उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध मुद्दा दर्ता, ६४ करोड रुपैयाँ  राजस्व छलेको आरोप

पेप्सीकोलाको  उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध मुद्दा दर्ता, ६४ करोड रुपैयाँ  राजस्व छलेको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ पुष २०७६
  • 4.7K
    Shares

वरुण वेभरेज

राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले चर्चित पेय पदार्थ पेप्सीकोलाको  उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड रुपैयाँ  राजस्व छलेको आरोप विभागले  लगाएको छ।

वरुण वेभरेजले एक सय रुपैंयाको नक्कली भ्याट बिल प्रयोग गर्दा १३ रुपैयाँ भ्याट र त्यसमा २५ प्रतिशत आय कर गरी कूल ३८ रुपैयाँ कर छली हुने गरेको राजस्व अनुसन्धान विभागले दाबी गरेको छ ।

राजस्वले गत वर्षदेखि नक्कली भ्याट बिल प्रयोग गरेको आशंकामा झन्डै ९ सय भन्दा बढी कम्पनीमाथि छानबिन गरिरहेको छ।

 

प्रतिक्रिया