संघीय लोकतान्त्रिक गणतन्त्र अझै पनि गाउँ-गाउँमा नपुगेको प्रदेश मंत्री चुमानको खुलासा

संघीय लोकतान्त्रिक गणतन्त्र अझै पनि गाउँ-गाउँमा नपुगेको प्रदेश मंत्री चुमानको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असोज २०७६
  • 4.4K
    Shares

काठमाण्डौमा बसेर संसदबादी राजनीतिक दलका नेताहरुले सिंहदरबारको अधिकार गाउँ-गाउँ, घर-घर र टोलटोलमा पुगेको दाबी गरेपनि गण्डकी प्रदेशका एक मन्त्रीले जनताको रगत र पसिनाले स्थापित संघीय लोकतान्त्रिक गनतन्त्र अझै पनि गाउँ-गाउँमा नपुगेको खुलासा गरेका छन्।

गण्डकी प्रदेशका आन्तरकि मामिला मंत्री हरिबहादुर चुमानले आज निहान नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै जनताको रगत र पसिनाले स्थापित संघीय लोकतान्त्रिक गनतन्त्र अझै पनि गाउँ-गाउँमा नपुगेको खुलासा गरेका हुन्।  उनले २०४७ सालमा आएको प्रजातन्त्र २०५१ सालसम्म पनि रुकुम रोल्पाम लगायतका पश्चिमका गाउँ बस्तीमा नपुगेको जिकिर गर्दै मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र आइसकेको अबस्थामा पनि अझै गाउँ-गाउमा संघीय लोकतान्त्रिक गनतन्त्र अझै पनि नपुगेको यथार्थता प्रस्तुत गरे। उनले पत्रकारहरुलाई संघिय लोकतान्त्रिक गणतन्त्रको संदेश लिएर गाउँ-गाउँ पुग्न पनि आग्रह गरे।

संघिय सरकारले सोचे जस्तो राम्रो प्रहरी ऐन ल्याउन नसकेको कुरा कोत्याउन्दै मन्त्री चुमानले त्यही ऐन संशोधन भएर आउँदा पनि सोचे जति राम्रो भएर नआएकोमा असन्तुस्टी प्रकट गरे।

 

प्रतिक्रिया