त्रिसुलीडाँडामा बस दुर्घटना हुँदा दशैंका लागि सामान किन्न बजार झरेका २५ जना घाइते

त्रिसुलीडाँडामा बस दुर्घटना हुँदा दशैंका लागि सामान किन्न बजार झरेका २५ जना घाइते

  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ असोज २०७६
  • 5.2K
    Shares

पोखरा महानगरपालिका वडा नं. ३१ को भञ्याङ त्रिसुली डाँडामादुर्घटनाग्रस्त ग १ ख ४७७१ यात्रुवहाक बस

बेगनासबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ४७७१ नम्बरको बेगनास तालको माइक्रो बस आज विहान पोखरा महानगरपालिका वडा नं. ३१ को भञ्याङ त्रिसुली डाँडामा दुर्घटना हुँदा झण्डै २५ जना घाईते भएका छन् । बस घुम्तीमा सडक माथिबाट सोही सडकको तल्लो भाग करिव १५ फिट तल खसेको थियो ।

दशैका लागि किनमेल गर्न सहर झरेका घाईतेहरुको उद्धार गरी उपचारका लागि पोखरा पठाइएको छ । घाईते मध्ये केहीको अवस्था गंभिर रहेको बताइएको छ ।

पोखरा महानगरपालिका वडा नं. ३१ को भञ्याङ त्रिसुली डाँडामादुर्घटनाग्रस्त ग १ ख ४७७१ यात्रुवहाक बस

हंसपुर इलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले दिएको जानकारी अनुसार, खचाखच यात्रु बोकेर पोखरा तर्फ आउँदै गरेको बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।घट्नाको थप बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया