झापाबाट पच्चीस किलो विष्फोटक पदार्थ बरामद

झापाबाट पच्चीस किलो विष्फोटक पदार्थ बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ असोज २०७६
  • 5.6K
    Shares

झापाको अर्जुनधारा-१ मा भण्डारण गरेर राखिएको २५ किलो विष्फोटक पदार्थ

झापा जिल्लाको अर्जुनधारा-१ मा भण्डारण गरेर राखिएको २५ किलो विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।

जुटको बोरामा लुकाएर राखिएको अबस्थामा उक्त परिमाणको बिष्फोटक पदार्थ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।  जुटको बोरामा राखिएको २५ किलो विष्फोटक पदार्थ  अर्थात ‘हाई एक्सप्लोसिभ’ २ सय ५ लोला बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको खोजतलाश कारबाहीका क्रममा त्यति ठुलो परिमाणमा बिष्फोटक पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय, अनारमनीका डीएसपी मोहनकुमार थापाले जानकारी दिए।  उक्त बिष्फोटक पदार्थ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भएको प्रहरीले दाबी गरेको छ।  तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले यस बारेमा केही बोलेको छैन।

डीएसपी मोहनकुमार थापाका अनुसार, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापा इञ्चार्ज सुमनसिंह पौडेल, सेक्रेटरी मनिष भन्ने प्रविण मिश्र,  जनसरकार प्रमुख एवं झापा जिल्ला सदस्य टिका पोखरेललाई प्रहरीले ३० भदौमा पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया