जेलरको मिलेमतोमा नेपालगन्ज कारागारभित्रै लागुऔषध कारोबार, पोल खोलेको भन्दै ने.क.पा. नेता रणबीर माथि आक्रमण

जेलरको मिलेमतोमा नेपालगन्ज कारागारभित्रै लागुऔषध कारोबार, पोल खोलेको भन्दै ने.क.पा. नेता रणबीर माथि आक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ असोज २०७६
  • 7.9K
    Shares

नेपालगञ्ज कारागारका जेलर भरतराज पाण्डेकै मिलिमताेमा कारागारभित्र लागु औषध कारोवार हुने गरेको तथ्य बाहिर ल्याएको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ माथि कारागारमा आक्रमण भएको छ।

शुक्रबार साँझ कारागारभित्र कारागारका जेलर पाण्डे तथा चाैकीदारसहितको मिलिमताेमा अरु कैदीहरुलाई लगाएर रड समेत प्रयोग गरेर नेकपा नेता रणविरलाई आक्रमण गरिएको प्राप्त समाचारमा जनाइएको छ।  अहिले त्यहाँ कसैलाई पनि बाेल्न र रणवीरसँग भेट गर्न नदिइएको पनि बताइएको छ । अहिले नेता रणवीरको अवस्था अज्ञात रहेको समाचार स्रोतको भनाई छ।

उनलाई जेलर भरतराज पाण्डेकाे निर्देशनमा कारागारका चाैकीदार भरत फडेरा र कारागारभित्र रासनपानी आपूर्ति गर्दै आएका ठेकेदार मान बहादुर शाहीकाे संलग्नतामा कैदी शेर बहादुर कसेरा, गगन शाही, नमराज केसी लगायतले आक्रमण गरेको समाचारश्रोतले जानकारी दिएको छ।  उनीहरुले “‘कारागारभित्र लागु औषध ओसारपसार हुन्छ भनेर किन बाहिर भनेको ?”भन्दै नेता रणबीरलाई रड लगायतका हतियारले कुटपिट गरेको प्राप्त समाचारमा जनाइएको छ।  सो कुटपिटमा विभिन्न लागुअाैषध तथा तस्करीमा संलग्न कैदीहरु समेतको संलग्नता रहेको बुझिएको छ ।

त्यस घटनापछि पिडित सम्बद्ध आफन्तहरुले उक्त घटना सम्बन्धमा छानबिनका लागि सम्बन्धित प्रशासन, मानवअधिकारवादी, नागरिक समाज लगायत अाम नागरिकको गम्भीर ध्यानाकर्षण गराइरहेको समाचारमा जनाइएको छ ।

यता उक्त घटना सम्बन्धमा नेपालगन्ज कारागार प्रशासनले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया