युवा संगठन नेपालले २०७६/६/५ गते देखी देशभर ३ महीने अभियान शुरुवात गरेको छ । यो अभियान मंसिर मसान्त सम्म निरन्तर चलिरहनेछ । “राष्ट्रीयता, जनतन्त्र, जनजीविकाको पक्षमा आम युवाहरु एक हौँ, बैज्ञानिक समाजवादका लागि संगठन सुदृढ तथा बिस्तार अभियानमा अघि बढौँ” भन्ने मूल नारा तथा अभियानको सारांश रहेको छ ।
प्रतिबन्धको यो गम्भीर अवस्थामा युवा संगठनको अभियानले उद्घाटन शुरू गर्दा देखिनै देशमा नौलों बहस शुरू भएको छ । अभियन्ताहरु उत्साहित युवा जोस जाँगर प्रस्फुटित गर्ने कोशिसमा देखिन्छन् किनकी अभियानले आँफु र आफ्नो संगठन सुदृढ गर्ने, नयाँ संगठनहरु बिस्तार गर्ने, शंघर्षशील र स्थापित गराउँदै लैजाने विषयमा दुबिधा छैन । यो अभियान आँफैमा दलाल ब्यवस्था, मानव तस्करको बिरुद्ध लाखौँ बेरोजगार युवाहरुको प्रतिनिधि आवाज कारण यात्रामा अबरोध चुनौतिहरूको सामना गर्नुपर्ने स्वभाविक रूपले बुझ्नुपर्ने हुन्छ । लाखौं चुनौतीहरूको बिचवाट लाख संम्भावना हासिल गर्न कसरत गर्नुपर्दछ किनकी युवा शक्ति परिवर्तनका पक्षधर हून् ।
राणा, पंचायत, बहुदल, दश बर्षे जनयुद्द या कांग्रेशको मुत्ति सेना र एमालेको झापा बिद्रोह होस् क्रान्तिको पक्षमा जिन्दगी फालेर मृत्यु सँग सजिलै मुखाबिला गर्ने शत्तिमा युवाहरुकै अग्रज भूमिका रहेको छ ।
यो अभियान प्रतिबन्ध लगाउने बिरुध्दको संघर्ष पनि हो । बैज्ञानिक समाजवादी ब्यवस्था प्राप्तिको लागि बैचारिक बहस र सम्बन्ध हो तसर्थ केहि चुनौती आउनु सकारात्मक मान्नुपर्दछ ।
पहिलो चुनौती :- हामी प्रतिबन्धित छौँ । हामीलाई हाम्रो बिचार स्वतन्त्र राख्न दीईदैन, शांतिपूर्ण भेला, समारोह गर्न दीईदैन । त्यसैले आउनुहोस् आम युवाहरु एकजुट हौँ , कुनै राजनीतिक पार्टी बिचार नभई राष्ट्रीयता, जनजीविकाको पक्षमा अन्तर्क्रिया, बहस गरौ ।
दोस्रो चुनौती :- अलिकति बर्षात छ, त्यही सँगै नेपालीहरुको चाड़वाड पनि आहिरहेको छ । छोटे राजाहरुले खोक्रो बनाई रहेको टोल , समाज,गाऊँ वस्तिमा हामी पुग्दैछौँ । राहतको महसूस सर्बत्र हुनेछ हामी आशावादी छौँ । तर पनि अभियान उपलब्धि मूलक बनाउने जोड़ हाम्रो कहिलै पछि हटने छैन । निसर्त, निस्वार्थ, निर्भीक बिचारले बनेको संगठन उत्पीड़ित युवाहरुको साझा संगठन अधिकार रहित नयाँ समाज निर्माण गर्ने लक्ष्य, उद्देश्य सपना बोकेका संगठन देश र जनताहरुलाई शिरोधार राखेर एउटा बेग्लै कल्पना बोकेको हाम्रो युवा संगठन हो र त्यही अनुरुप संगठन बिस्तार तथा अभियान उत्कर्षमा पुर्याउनु जरूरी छ ।
त्यसकारण हाम्रो अभियान गाऊँ गाऊँमा , शहरका हरेक चोक गल्लीहरुमा चलिरहेको छ । अभियानले भ्रष्टाचारि माथि बिभिन्न कारवाही गरेको छ । राता अक्षरहरुले भित्ताहरु रंगाईएका छन् । जिल्ला स्तरका भेला, सम्मेलन भईरहेका छन् । सक्रिय सदस्यता बितरण भईरहेका छन् । गाऊँ शहरमा संगठन निर्माण भईरहेका छन् ।जनप्रतिनिधिको नाउँमा लूट मच्चाउनेहरूको कार्यक्षेत्रहरुमा अज्ञात आगो बलीरहेको छ । जन संगठन घेरा, फराकिलो हुँदै गर्दा आतँकित मानसिकताहरुले दमन , धरकपट, गर्न पनि सक्छन् त्यसैले कति पनि बिचलित नभई हामी संयम रुपमा अघि बढनु पर्दछ । यही परिबेशबाट हामीले केहि मेहनत गर्नुपर्दछ । जस्तै
* हजारौ संगठन निर्माणमा जोड़ गरौँ,
* अभियानकर्मी अनुशाषित र मेहनतमा जोड़ गरौँ,
* दैनिक दुःख कष्ट पीडाहरु सामान्यकरणमा जोड़ गरौँ,
* राजनीतिक बिचार जसको जहाँ भएपनि सबै युवा सामू पुग्ने जोड़ गरौँ
* जहाँ युवा त्यहाँ इकाई बनाउनेमा जोड़ गरौँ
* वाल पेन्टिंग, पोस्टेरिंग, प्रचारप्रसारमा जोड़ गरौँ
* अभियानको सफलता र उपलब्धिमा जोड़ गरौँ ।
देश बिचित्र ढ़ंगले चलिरहेकोछ । राज्यको अर्थतन्त्रलाई ध्वस्त बनाउने अभिप्रायले ठुला ठुला भ्रस्टाचार , कर छली गर्नेलाई राज्यले संरक्षण गरेको तथ्य हालै एनसेल काण्ड जगजायर छ । सरकारी जग्गा बेचिखाने माफ़ियाहरुलाई कारवाही गरिदैन । अपराधिक गतिविधि बढ्दो छ यसको नियंत्रण छैन । शान्तिपूर्ण कार्यक्रम, भेला गर्दा पुलिसको डण्डा खानुपर्छ । शत्ताका मालिकहरूको मालिकहरु विरुद्द बोल्न पाहिंदैन । के यही हो कम्युनिष्ट ब्यवस्थाको लोकतन्त्र ? केंद्र सरकार देखी स्थानीय सरकार अपराधिक काण्डै काण्डमा मुछिएका छन् । त्यसकारण वास्तविक शान्ति, समृद्दि, र विकासको पक्षधर हामी छौँ । हाम्रा अभियानमा सबैको साथ समर्थनको खाँचो भएको हुँदा देश भित्र या बाहिर रहनुहुने आम नेपालीले एक पटक सोच्नैपर्ने बेला भएको छ । हाम्रो अभियानमा जनता, युवा, बुद्दिजीवी, देशभक्त, पत्रकार, सबैमा सहयोग गरीदिनु हून समेत अपील गर्दछु ।
लेखक युवा संगठन नेपालका महासचिप सागर पुन हुनुहुन्छ ।