कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा पेशेवर रुपमा संचालित जुवाखालमा छापा मारी सवा लाख नगद सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ।
पोखरा-५ मालेपाटनमा घर भाडामा लिएर पेसेवार रुपमा संचालित जुवाखाल ६ महिला र २ जना पुरुष पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिए पनि पक्राउ पर्ने जुवाडेहरु र जुवाखाला संचालकको नाम भने प्रहरीले बताएको छैन। उनीहरुको साथबाट १ लाख २१ हजार नगद बरामद गरिएको छ । एक महिलाले घर पूरै भाडामा लिएर जुवा खेलिरहेको प्रारम्भीक अनुसन्धानले देखाएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।
यसै गरी पोखराको पृथ्वीचोकस्थित एक होटलबाट पनि ७ जना पक्राउ परेका छन् । सबैजना पुरुष छन् । उनीहरुको साथबाट ६३ हजार २ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरी प्रबक्ता डीएसपी राजन केसीले जानकारी दिए । सबैजना पेसेवार रुपमा जुवा खेल्ने खेलाउने गरिरहेको बुझिएको उनको भनाई छ ।