“नालायक मन्त्री राजीनामा दे” भन्ने स्थानिय बासिन्दालाई प्रहरीले लखेटे

“नालायक मन्त्री राजीनामा दे” भन्ने स्थानिय बासिन्दालाई प्रहरीले लखेटे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ साउन २०७६
  • 5.4K
    Shares

मन्त्री पदमा अर्याललाई कालो झण्डा देखाउंदै नेविसंघका कार्यकर्ता

“नालायक मन्त्री राजीनामा दे” भन्दै नारा लगाउने काठमाण्डौको साँखुका बासिन्दालाइ प्रहरीले लाठी प्रहार गर्दै लखेटेको छ।

मालपोत कार्यालय साँखुलाई सुविधायुक्त मालपोत कार्यालय घोषणा गरेर फर्किएकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्याललाई साँखुका बासिन्दाले आज “नालायक मन्त्री राजीनामा दे” भन्दै नाराका साथमा कालोझण्डा देखाएका थिए । साँखु बसपार्कमा कला-संस्कृति सम्पदा संरक्षण समिति संखपुरका सदस्यहरुले गुठि विधेयकको बिरोध गर्दै नाराबाजी गरेर मन्त्री अर्याललाई कालोझण्डा देखाएका थिए ।

साँखुको बैंक अफ काठमाडौँको कार्यालय नजिकै मन्त्री अर्याललाई कालो झण्डा देखाएका नेपाल बिद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले प्रदर्शनकारीलाई लखेटेका थिए ।

मन्त्री अर्याल साँखुको मालपोत कार्यालय सुविधायुक्त मालपोत कार्यालय घोषणा कार्यक्रममा सहभागी भएर फर्कदै गरेकी थिइन । कालो झण्डा देखाउने संकेत पाउनासाथ प्रशासनले सुरक्षामा कडाई गरेको थियो । मालपोत कार्यालयको कार्यक्रममा पुग्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले खानतलासी पछि मात्रै कार्यक्रमस्थलमा प्रवेश गर्न दिएको थियो ।

प्रतिक्रिया