दश बर्षे महान जनयुद्धका क्रममा हतियारसहित तात्कालीन जनमुक्ति सेनामा समाहित भएका तात्कालीन शाही सैनिकलाई नेपाली सेनाले गिरफ्तार गरी जेल पठाउने कार्यलाई तीब्रता दिन थालेको छ। अन्तिम पटक तात्कालीन अबस्थामा एम-१६ नामको अत्याधुनिक हतियारसहित जनमुक्ति सेनामा प्रवेश गरेका गोरखा जिल्लाको आरुघाट गाउपालिका-७ का बिक्रम गुरुङलाई नेपाली सेनाले पक्राउ गरी जेल पठाएको छ ।
तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि हतियारसहित माओवादीमा लागेका जनमुक्ति सेनाका सेक्सन कमान्डर बिक्रम गुरुङ भनिने ‘शक्ति’लाई सैनिक आदालतले १० वर्षको जेल सजाय सुनाएको छ । नेपाली सेनाले गत जेठमा काठमाडौँको कलंकीबाट पक्राउ गरेका गुरुङ सैनिक अदालतको फैसलासंगै जेल चलान भएका छन् ।

नेपाली सेनावाट हतियार सहित २०६३ भदौमा भागेर तत्कालिन माओवादी सेनामा लागेको आरोपमा गुरुङलाई पक्राउ गरि सेनाको भगौडा ऐन अनुसार मुद्धा चलाइएको थियो । तत्कालिन कालि बहादु गण हेटौडामा कार्यरत सिपाही गुरुङ २०६३ साल भदौमा डिउटीमा खटिएको बेला हतियारसहित तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा प्रवेश गरेका थिए ।
पछिल्लो समय परिवारसहित कलंकीमा होटल व्यावसाय गर्दै आएका गुरुङ्गलाई हाल चितवनको भरतपुरमा राखिएको श्रीमति सुजना गुरुङ्गले जानकारी दिएकी छिन् । श्रीमति सुजना गुरुङ्गलेगुरुङ पक्राउ परेपछि तत्कालिन माओवादीका नेताले उनको विषयमा कुनै पहल नगरेको भन्दै गुनासो गरिन । श्रीमति सुजना गुरुङ्गको आशा थियो “पार्टीले पहल गरेको भए केहि हुन्थो कि ?
अहिले सरकार संचालन गरिरहेको तत्कालिन माओवादी केन्द्रले भने यस्तो कार्य विस्तृत शान्ति सम्झौता विरुद्ध हुने बताउदै आएको छ । गोरखाबाट गएको चुनाबमा प्रतिसभामा बिजयी बनेका तात्कालीन नेपाल कम्युनिष्ट पार्टीका नेता हरिराज अधिकारी “कुमार:ले सैनिक अदालतको त्यस कदमप्रति रोष प्रकट गरेका छन्। त्यति मात्र हैन उनले “गणतन्त्र ल्यउनेहरू पालैपालाे जेल जान पर्ने हाे भने गणतन्त्र राेक्नेहरू लाइ पनि कार्वाही काे ब्यबस्था गरीयाेस ।” भनेर आफ्नो फेसबुक स्टाटसमार्फत माग गरेका छन्।