जिल्ला प्रहरी कार्यालय तनहुँले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला सदस्य तथा युवा संगठन नेपाल तनहुँका जिल्ला अध्यक्ष सहित दुई कार्यकर्ता लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा युवा संगठन नेपाल तनहुँका जिल्ला अध्यक्ष ब्यास नगरपालिका वडा नं १४ केशबटार बस्ने बर्ष ३६ को नेत्र प्रसाद थापा र जिल्ला सचिव भानु नगरपालिका वडा नं २ भकुन्थोक बस्ने बर्ष ३० को विष्णु कुमार श्रेष्ठ ‘दृष्टि’ रहेका छन्
विशेष सुराकीको आधारमा दमौली बजार एरियाबाट मंगलबार दिउँसो विभिन्न पर्चा पम्प्लेट लगाएतका प्रमाण सहित उनिहरू लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मंगलबार नै जिल्ला अदालत तनहुँमा उपस्थित गराएर जरुरी पक्राउ पुर्जी स्विकृत गराई राजद्रोह मुद्धामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी लिलाराज लामिछानेले बताए । अनुसन्धान पछि मात्रै कस्तो कारबाही हुने थाहा हुन्छ प्रहरी स्रोतले बतायो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १५ जना नेता तथा कार्यकर्ताहरु लाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरिसकेको छ ।