राजबन्दी बिना शर्त रिहा नगरे याेजनाबद्ध प्रतिराेध गर्ने ने.क.पा.को चेतावनी

राजबन्दी बिना शर्त रिहा नगरे याेजनाबद्ध प्रतिराेध गर्ने ने.क.पा.को चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ साउन २०७६
  • 6.3K
    Shares

आफ्नो बिश्वाशिलो पात्र समेत रहेका उपत्यका ब्युरो इन्चार्ज माइला लामा गिरफ्तार भएकोमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव आक्रोशित बनेका छन्।  उनले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी स्थायी समिति सदस्य सुदर्शन तथा हालै मात्र गिरफ्तार उपत्यका ब्युरो इन्चार्ज माइला लामालगायत सबै राजबन्दीहरुलाई बिना शर्त स-सम्मान रिहा नगरे याेजनाबद्ध प्रतिराेध गर्ने चेतावनी दिएका छन् ।

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा सामाजिक फासिवादी केपी–पिके सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई संकटकाललाई बिर्साउने गरी गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गर्दै तुरुन्त स-सम्मान रिहा गर्न जोडदार माग गरेका छन् ।

सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेको तथा देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको टिप्पणी गर्दै महासचिव बिप्लवले अघि भनेका छन् ” वर्तमान केपी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ ।”

देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिई रहेको वर्तमान सरकारबिरुद्ध प्रतिरोधमा उत्रिन ढिला भैसकेको उल्लेख गर्दै विज्ञप्तिमार्फत् यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरुलाई  सचेत रहन आव्हान गरिएको छ ।

यदि यो सरकारले कमरेड सुदर्शन लगायतका जेल चलान गरिएका सबै कमरेडहरु र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार कमरेडहरुलाई बिना शर्त स-सम्मान रिहा नगरे आफ्नो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिंदै यसबाट निस्कने “प्रतिफलको भागीदार स्वयं सरकार हुने” भनिएको छ ।

विज्ञप्तिको पुर्णपाठ….

प्रतिक्रिया