प्रहरीली पार्टी कामको सिलसिलामा रहेका म्याग्दी र जुम्लाका चार जना जिल्ला कमान्डरहरुलाई गिरफ्तार गरेको छ। गिरफ़्तारीमा पर्नेहरुमा म्याग्दी जिल्लाका जिल्ला इन्चार्ज र सेक्रेटरी तथा जुम्ला जिल्लाका तथा जुम्ला जिल्ला सेक्रेटरी रयुवा संगठन नेपाल कर्णाली ब्यूरो इञ्चार्ज रहेका छन्।
विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका म्याग्दी जिल्ला इञ्चार्ज कमानसिंह नकाल क्षेत्री “विकिरण” र जिल्ला सेक्रेटरी बाबुराम शाक्यलाई म्याग्दी जिललाको बेनी नगरपालिका वडा नं. ९ भकिम्लीस्थित नयाापुलबाट गिरफ्तार गरिएको छ । म्याग्दी जिल्लाको इतिहासमा नै विप्लव नेतृत्वको ने.क.पा.को जिल्ला नेताहरु समातिएको यो पहिलो पटक हो ।
विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जुम्ला सेक्रेटरी बिर्खबहादुर शाही “प्रभाजित”सहित दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । जुम्ला जिल्लाको हिमा गाँउपालिका–६, निवासी सेक्रेटरी शाहीसहित कालिकोटको नरहरि गाउँपालिका–२, निवासी युवा संगठन नेपाल कर्णाली ब्यूरो इञ्चार्ज बखतबहादुर बिष्टलाई सोमवार बिहान गिरफ्तार गरेको हो ।
हिमा गाउँपालिकाको धाँचुगाउँबाट बिहान ४ बजे सुतिरहेको अवस्थामा नियन्त्रणमा लिईएको प्रहरी नायब उपरीक्षक डिएसपी सिताराम रिजालले जानकारी दिए। उता, सेक्रेटरी शाहीको परिवारको भने राति घरको ढोका फुटाएर उहाँलाई प्रहरीले अपहरण शैलिमा जवरजस्ती गिरफतार गरेको बताएको छ । फोक्सोको बिरामी शाहीलाई घरबाटै अपराधि शैलीमा जबरजस्ती धरपकड गरेको भन्दै परिवारले दु:ख व्यक्त गरेको छ ।.
प्रहरीले भने बाहिर ताल्चा लगाएको र खोल्न नमानेपछि फुटालिएको बताएको छ । यसअघि जुम्लाका इञ्चार्ज चन्द्रवीर तिरूवा (रविकिरण)लाई सिँजा गाउँपालिकाको घोडेङ्गा गाउँबाट प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।