जनवादी कलाकार एबम बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई प्रहरीले शनिबार मध्ये राती भक्तपुरबाट गिरफ्तार प्रयास गरेको छ। काँडाघारीस्थित एक घरमा बसिरहेका बेला ठुलो संख्यामा पुगेका प्रहरीहरुले घेरा हालेर खान तलासी गरेका थिए।
प्रहरीको घेराबांदीमा परेको भनिएका नेता लामा अहिले सम्पर्क बिहिन भएका छन्। यही कारण उनलाई प्रहरीले अपहरण शैलीमा घेराबन्दी गरेर गिरफ्तार गरेको हुन सक्ने आशंका गरिएको छ । तर उनी गिरफ्तार भए नभएको बारे स्पस्ट हुन सकेको छैन।
जनताको घर-घर र टोल-टोलमा पुगेर जनताको आवाज हन्काउने संस्कृतिक क्रान्तिका महान योद्धा, जनगायक माइला लामा गिरफ्तारीका बारेमा प्रहरीले केही बोलेको छैन।