धनगढीमा बिहीबार भएको वम विस्फोटमा मृत्यु भएका रामसिंहको दाह संस्कारमा सरिक भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
दाहसंस्कारबाट फर्केने क्रममै स्कूटी सहित सिता सिंह र प्रकास जप्रेल पक्राउ परेका हुन् ।सिता र प्रकास दुबैजना विप्लव समुहका कार्यकर्ता भएको बुझिएको छ ।
धनगढीस्थित मोहनन आर्यघाटमा रामको दाहासंस्कार गरिएको हो । सिता रामकी आफन्त हुन् ।
उनीहरुलाई पक्राउ गरिएको बारेमा प्रहरीले भने कुनै प्रतिक्रिया जनाएको छैन । कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले यसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।
