तीनै तहको चुनाव एकैचोटि गरौं : प्रधानमन्त्री

तीनै तहको चुनाव एकैचोटि गरौं : प्रधानमन्त्री


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ पुष २०७३
  • 7.3K
    Shares

काठमाडौं, ८ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र स्थानीय तहको निर्वाचन बैशाखमै सम्पन्न गर्ने तयारीमा लागेको उनले बताएका छन् ।
 
उनले समयको दबाव परेमा तीनै तहको निर्वाचन एकैचोटि गर्न सकिने समेत बताए ।
 
सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनबाट भाग्न खोजेमा देश गम्भीर संकटमा पर्ने खतरा औंल्याए ।
 
स्थानीय निर्वाचन आउने बैशाखसम्म सम्पन्न गर्ने सम्भावनाा अहिले पनि प्रबल रहेको भन्दै उनले भने, ‘प्रदेश र केन्द्रको निर्वाचन एकैचोटी मंसिरमा गर्न पनि सकिन्छ । यदि हामीलाई समयको दबाव पर्‍यो भने तीनवटै निर्वाचन एकैचोटि पनि गर्न सकिन्छ । तर, निर्वाचन एउटा गर्ने र अर्को चाहिँ नगर्ने भन्न थालियो भने संविधानको मूल मर्म र भावनाबाट बिचलन हुन्छ ।’
 
संविधानको स्पिरिटअनुसार निर्वाचनको तयारीमा सरकार लागेको प्रधानमन्त्री प्रचण्डले बताए । निर्वाचनको वातावरण बनाउनका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको उनको भनाइ छ ।
 
प्रमुख प्रतिपक्षी नेकपा एमालेतर्फ संकेत गर्दै उनले भने, ‘अहिले निर्वाचन सम्बन्धी केही विधेयकहरु संसदमा छन् । संशोधन प्रस्ताव संसदमा छ, महाअभियोग प्रस्ताव पनि संसदमा छ । यी सबैलाई हामी विषयमा सहमत हुन सक्दैनौं भने पनि प्रक्रियामा सहमत भएर छिटोभन्दा छिटो टुंगो लगाउनु र निर्वाचनतिर लानु देशको आवश्यकता हो ।’
 
हाल देखिएका विवाद र बहसलाई छिटै टुंगो लगाएर निर्वाचनमा जान सरकार प्रतिवद्ध रहेको उनले बताए ।

प्रतिक्रिया