जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक (असई) निरीक्षक राजेन्द्र साह २० वर्षीया युवती बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।
चन्द्रपुर – ४ स्थित एक होटलमा ती युवतीलाई ललाइफकाइ जबरजस्ती गरेको आरोपमा युवतीकी दिदीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जबरजस्तीकरणी सम्बन्धी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । निज असई साहले ती युवतीलाई ललाइफकाइ गरेर हेटौडाबाट मोटरसाइकलमा राखेर रौतहटको चन्द्रनिगाहपुर पुर्याएका थिए ।
हेटौडाबाट बहिनी हराएपछि खोजी गर्दै जाँदा चन्द्रनिगाहपुरस्थित होटलको कोठामा दुवैजना फेला परेका थिए। पक्राउ परेका प्रहरी सहायक निरीक्षक साहलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी कवित कटवालले जानकारी दिए।